ललितपुर । सवा नेपालको अध्यक्ष पदमा अप्सरा महर्जन निर्वाचित हुनुभएको छ । महर्जनसँगै कार्यसमिति सदस्यमा दुर्गा मास्के, कृष्ण कुमारी राई, लक्ष्मी श्रेष्ठ, हरिदेवी श्रेष्ठ, विनिता महर्जन, निर्मला श्रेष्ठ, हरिदेवी श्रेष्ठ, गंगा खड्का, सविन श्रेष्ठ, अनिता गुरुङ् र सदिक्षा श्रेष्ठ निर्वाचित भएका छन् । सवा नेपालको १५ औँ वार्षिक साधारणसभाले सवा बोर्ड अफ डाइरेक्टर चयन गरेको हो ।
सवा नेपालअन्तर्गत देशका विभिन्न क्षेत्रबाट प्रतिनिधि एवं गृह श्रमिक महिलाहरु सहभागी रहेका थिए । प्रमुख अतिथिका रुपमा बागमती प्रदेशमा माननीय उर्मिला नेपाल केसी तथा विशेष अतिथिका रुपमा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य तथा प्रहरी प्रभाग बुंगमती, भैसेपाटी, ललितपुरका इस्पेक्टर विनु शाही उपस्थित रहेका थिए ।
अध्यक्षमा निर्वाचित महर्जन हाल सार्कस्तरीय गृह श्रमिकहरुको संस्था HOMENET SOUTH ASIA (HNSA) का Advisory Board सदस्य हुनुहुन्छ । साथै, उनी सार्कस्तरीय Business Enterprise and Employment Support for Women in South Asia Network Ltd – BEES Network Ltd मा सदस्य तथा गृह श्रमिकहरुको विश्वव्यापी संस्था HomeNet International (HNI) को कार्यकारी समितिमा दक्षिण एसियाकै गृह श्रमिकहरुको संस्था प्रतिनिधित्व गर्दै कार्यसमितिमा निर्वाचित सदस्य पनि हुनुहुन्छ ।